images
images

बझाङमा करिब ३० हजार मत खस्यो

धनगढी – बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं – १ मा भएको उपनिर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान सकिएको छ। प्राम्भिक विवरण अनुसार २९ हजार ७३८ मत खसेको छ।

अझै केही मतदान केन्द्रको विवरण आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ। हालको विवरणअनुसार ४८.१६ प्रतिशत मत खसेको छ। सम्पूर्ण केन्द्रको विवरण प्राप्त भएपछि यो संख्या केही बढन सक्ने जिल्ला निर्वाचन अधिकारी मानबहादुर धामीले बताए।

उनका अनुसार केही ठाउँमा टेलिफोन सम्पर्क हुन नसकेकोले सम्पूर्ण विवरण आउन केही समय लाग्ने छ। आज बिहान ७ देखि बेलुकी ५ बजेसम्म मतदान भएको थियो।

यसक्षेत्रमा नेपाली काँग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिहको गत असारमा दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको हो।