images
images

मुस्ताङमा विद्यार्थी लिएर गएको गाडी दुर्घटना, २१ जना घाइते

पोखरा । मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनीको घुम्तीमा काठमाडौँबाट विद्यार्थी लिएर गएको गाडी दुर्घटना भएको हो । प्रदेश नं.३–०१००६ख ६२२ को गाडी मुक्तिनाथबाट फर्किने क्रममा दुर्घटनामा परेको हो ।

अनामनगरमा रहेको लिवरटी कलेजबाट उक्त गाडी ३३ जना विद्यार्थी लिएर गएको प्रहरीले जनाएको छ । बसमा सवार २१ जना सामान्य घाइते भएका छन् । उनीहरुको जोमसोम अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेहरूमा सिराहा लहान १२ का २० वर्षीय आदेश आचार्य, भक्तपुर मध्यपुर ठिमी ३ बस्ने वर्ष २० का अनुज न्यौपाने, सिराहा गोलबजार ६ बस्ने वर्ष २१ कि ज्योति कुमारी साह, गुल्मी रुरु ५ बस्ने वर्ष २१ कि समीक्षा ज्ञवाली, काठमाडौँ  कीर्तिपुर ८ बस्ने वर्ष २० कि प्रतिक्षा खड्का छन् ।

यस्तै, ओखलढुंगा घर भई भक्तपुर चाँगुनारायण बस्ने वर्ष २० कि  बिन्दा दाहाल, काठमाडौँ ९ एयरपोर्ट बस्ने १९ वर्षकी अनामिका थापा, कैलाली गोदावरी १० बस्ने वर्ष २१ को ध्रुवराज जोसी, भोजपुर ९ बस्ने वर्ष २० का पेसल बस्नेत, महोत्तरी जलेश्चर १ बस्ने वर्ष २२ कि रम्मा कुमारी, पाँचथर कुम्भायोग १ बस्ने वर्ष २३ को आदेश लावती पनि घाइते छन् ।

सुनसरी हरहरी ८ बस्ने २२ वर्षका निशान रसाइली, बटेश्वर २ बस्ने वर्ष २४ का सुरज कुमार परियार, बर्दिया मधुवन ६ का २० वर्षीय सुवास नेपाल, काभ्रे तेमाल ६ बस्ने २१ वर्षका सौगात त्रिपाठी, सर्लाही कौदेना १ बस्ने वर्ष २० को राहुल साह, काठमाडौँका साईरस तामाङ, सुर्यबिनायककी अनामितका सुवार, जनकपुर ११ का दीपक कुमार निधी, हरिवन ४ का २२ वर्षीय निरञ्जन साह र डोटी शिखर ८ बस्ने २१ वर्षका रोहित बलायर पनि घाइते रहेका मुस्ताङ प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेले जानकारी दिए ।