images
images

जेठ १० गतेदेखि गोरखामा २१ औँ रोट महोत्सव शुरु

गोरखा । गोरखा सदरमुकाममा रोट महोत्सव हुने भएको छ । सिद्वाश्रम शक्ति केन्द्र गोरखाको आयोजनामा जेठ १० गतेदेखि रोट महोत्सव हुन लागेको हो ।

केन्द्रका अनुसार यो २१ औँ रोट महोत्सव हुने छ । गोरखा नगरपालिका–६ को गोरखनाथ मन्दिरमा हुने महोत्सवमा २० गतेसम्म सञ्चालनमा आउने छ ।

गुरु गोरखनाथको मनपर्ने खाद्य वस्तुका रुपमा रोटलाइ लिइने गरिन्छ । रोट चढाएर गोरखनाथलाई खुशी बनाउन सकेमा कुनै संकट आई नपर्ने धार्मिक मान्यता छ । गहुँ, जौ र धेरैजसो चामलको पीठोलाई आगोमा पोलेर वा तेलमा तारेर रोट बनाउने गरिन्छ  ।

विश्व शान्तिको कामना गर्दै  महोत्सव अवधिभरमा १ लाख २५ हजारभन्दा बढी रोट चढाइने साधक रामजी अर्यालले जानकारी दिनुभयो ।

साधक अर्यालका अनुसार महोत्सव स्थल गोरखा दरबार क्षेत्र र  गोरखनाथ मन्दिर परिसरलाई विशेष रुपमा सजाउने काम सुरु भएको छ ।

गोरखनाथलाई अर्पण गरिएको रोट स्वदेश तथा विदेशमा प्रसादको रुपमा वितरण गर्ने प्रचलन रहेको छ । नयाँ अन्नको पिठोलाई घिउमा पकाएर रोट बनाई गोरखनाथलाई अर्पण गरेर मात्र आफू खाने धार्मिक विश्वास स्थानीयमा रहेको गोरखनाथ गुफाका पुजारी प्रदिपनाथ योगीले बताउनुभयो ।

महोत्सवमा मेला भर्नका लागि  हजारौँको सङ्ख्यामा भक्तजनहरू आउने गर्दछन् । गुरु गोरखनाथ प्रकट भएको दिनको अवसरमा २०६१ सालदेखि हाल सम्म हरेक वर्ष सिद्धाश्रम शक्ति केन्द्रले रोट महोत्सव गर्दै आएको छ ।

सिद्धाश्रम शक्ति केन्द्रको आयोजनामा सिद्धाश्रम शक्ति केन्द्रको आयोजनामा  कलशसहित गोरखनाथ मन्दिरसम्म रथयात्रा गरिने साधक अर्यालले बताउनुभयो ।