images
images

प्रि–ओपन सेसनमा करिब ६ अङ्कले बढ्यो बजार, १० लाख रुपैयाँको शेयर कारोबार

काठमाडौं । प्रि–ओपन सेसनमा आज सोमबार शेयर बजार ५ दशमलव ८४ अङ्कले बढेको छ ।

नेपाल धितोपत्र बोर्डका अनुसार यो सेसनमा नेप्से सूचक ६ दशमलव ४७ विन्दुमा उक्लिएको छ ।

३६ वटा धितोपत्रको दुई हजार १५७ कित्ता शेयर ५३ पटक खरिदबिक्री हुँदा १० लाख ६० हजार ४६५ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।