images
images

१० प्रतिशतले घट्यो ब्रोकर कमिसन, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौं । धितोपत्र बोर्डको आइतबार बसेको सञ्चालक समितिको वैठकले ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय गरेको छ ।

स्रोतका अनुसार आगामी जेठ १ गतेदेखि लागू हुनेगरी यस्तो निर्णय गरिएको हो ।

हिजो आइतबार अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालक रितेश शाक्यसमेतको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको बताइएको छ ।

धितोपत्र बोर्डमा हाल अध्यक्ष नभए पनि सञ्चालक शाक्यले अध्यक्षको हैसियतमा बैठक आयोजना गरिएको बताइएको छ ।