images
images

आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न रास्वपा मन्त्रीले लेखे प्रधानमन्त्री कार्यालयलाई पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी रहेका उपप्रधानमन्त्री तथा मन्त्रीसहित मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्र लेखेका छन् ।

उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले छुट्टा छुट्टै पत्र लेखि आफ्नो आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न पत्र लेखेका छन् ।

देशमा भ्रष्ट्राचार न्यूनिकरण गर्न सदाचार आचरण महत्वपूर्ण हुने र त्यसको लागि आफूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विवरण बुझाएको तर त्यहाँबाट सार्वजनिक नभएकोले सार्वजनिक गर्नको लागि पत्राचार गरेको जनाएका छन् ।