images
images

प्रि-ओपन सेसन: २.८४ अंकले बढ्यो नेप्से

काठमाडौं- प्रि-ओपन सेसनमा नेप्से सूचक २.८४ विन्दुले बढेको छ। यससँगै सूचक १९६३.४५ अंकमा आएको छ।

यस अवधिमा १० लाख २२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ३८ कम्पनीको १६ सय ९ कित्ता सेयर कारोबार भएको छ।

यस सेसनमा २३ कम्पनीको भाउ बढ्दा १४ वटाको मूल्य घटेको छ। कुल ५६ वटा कारोबार भएको हो।

बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन।