images
images

शुक्रबार सिनेमाः हलमा नीति र रियरको ‘खजुरे ब्रो’

काठमाडौं– नेपाली वक्सअफिसमा नीति शाहको डेब्यू सिनेमा ‘खजुरे ब्रो’ रिलिज भएको छ। सुरज सुनुवार निर्देशित सिनेमामा रियर राईको शीर्ष भूमिका रहेको छ।

कुनै बेला धरानमा चर्चित ‘खजुरे’को चरित्र सापटी लिदैं निर्माण गरिएको सिनेमामा नीति र रेयरका अलवा, महेश त्रिपाठी, नविन मानन्धर, विनिता थापा मगर, पुस्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई लगायतको पनि अभिनय छ।

नविन मानन्धर तथा निर्देशक सुनुवार निर्माता रहेको फिल्मको सह-निर्मातामा सुनील श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर छन्। डायमण्ड उप्रेती भने कार्यकारी निर्माता हुन्।

अनमोल गुरुङको संगीत रहेको फिल्ममा शिशिर विशंखेको छायाङ्कन र मित्र डि गुरुङको सम्पादन छ। ‘खजुरे ब्रो’सँगै नेपाली वक्सअफिसमा राजकुमार राव अभिनित बलिउड सिनेमा ‘श्रीकान्त’ रिलिज भएको छ।