images
images

बाहिरी चक्रपथको निर्माण २२ वर्ष हुदा सम्म अझै अध्ययनमै सिमित; सकियो झण्डै १५ करोड

काठमाडौं – २२ वर्ष बितिसक्दा पनि बाहिरी चक्रपथ निर्माण कार्य सुरू हुन सकेको छैन। जसको सम्भाव्यता अध्ययनमा झण्डै १५ करोड खर्च भइसकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।

काठमाडौं उपत्यका विकास प्रधिकरणको व्यवस्थित जग्गा एकीकरणका आधारमा काठमाडौं उपत्यकाका ३ जिल्लामा योजनाबद्ध नयाँ व्यवस्थित शहर विकास गर्न ७२ किलोमिटर बाहिरी चक्रपथ निर्माण गर्ने योजना रहेको थियो। तर चालू वर्षको फागुनसम्ममा यो योजना सम्भाव्यता अध्यनको कार्यमात्र भएको हो।

‘व्यवस्थित जग्गा एकीकरणका आधारमा काठमाडौं उपत्यकाका ३ जिल्लामा योजनाबद्ध नयाँ व्यवस्थित शहर विकास गर्न ७२ किलोमिटर बाहिरी चक्रपथ निर्माण गरी जनजीवनलाई सहजीकरण गर्ने उद्देश्यले २०५८ मा अवधारणा ल्याएकोमा २२ वर्ष व्यतीत भइसक्दा सम्भाव्यता अध्ययनको कार्यमात्र भएको छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तर्गतको बाहिरी चक्रपथ विकास आयोजनाबाट १४ करोड ८४ लाख ५७ हजार रुपैयाँ खर्च भएको छ।’