images
images

राससकर्मी सिबी अधिकारीसहित तीन पत्रकार सम्मानित

काठमाडौँ, १४ जेठ : गणतन्त्र दिवसका अवसरमा राससकर्मी सिबी अधिकारीसहित तीन पत्रकार ‘राष्ट्रिय सेवा सम्मान’ द्वारा सम्मानित हुनुभएको छ ।

पत्रकारिता क्षेत्रको माध्यमबाट नागरिकको सेवामा सक्रिय भूमिका निर्वाह गरेकामा चन्द्रलोक प्रतिष्ठानले राससकर्मी अधिकारीसहित नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष बाला अधिकारी र श्रमजीवी पत्रकार सङ्घका अध्यक्ष जन्मदेव जैसीलाई सम्मान गरेको हो । प्रतिष्ठानद्वारा आज आयोजित एक कार्यक्रमबीच मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले उहाँहरुलाई सम्मान प्रदान गर्नुभएको थियो । करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय अधिकारी विगत १४ वर्षदेखि राससमा कार्यरत हुनुहुन्छ । अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आम सञ्चार र राजनीति शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

सम्मानित बाला अधिकारी र जन्मदेव जैसी दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ ।