images

संसद् बैठक ३ बजेका लागि सर्‍यो

काठमाडौँ- संघीय संसद्‌का दुवै सदनको बैठक मंगलबार ३ बजेका लागि सरेको छ। आज १ बजेका लागि तय भएको बैठक ३ बजेका लागि सारिएको संसद् सचिवालयले जनाएको छ।

आजको संसद् बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट घोषणा प्रस्तुत गर्दैछ। सदन बस्नुअघि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ।

मन्त्रिपरिषद्‌बाट बजेट पारित गराएर सार्वजनिक गर्ने चलन छ।

सहकारी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितको कार्यदेश टुंगाउन केही समय लाग्ने भएपछि सरकारको अनुरोधमा बैठक सारिएको संसद सचिवालयले जनाएको छ।

सोमबार कार्यादेशमा सहमति जुटेपछि दलहरुले आज समितिमा बस्ने नेताहरुको नाम बुझाउने छन्।