images
images

जनकपुरलाई ‘वेडिङ हब’ र लुम्बिनीलाई ‘बर्थिङ हब’ बनाइने

काठमाडौं– सरकारले सीताको जन्मस्थल जनकपुरलाई वेडिङ हब र बुद्ध जन्मस्थल लुम्बिनीलाई बर्थिङ हब बनाइने भएको छ।

मंगलबार प्रतिनिधि सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन्।

दुवै क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरी जनकपुरमा आन्तरिक मात्र नभइ बाह्य पर्यटकलाईसमेत विवाह गर्नका लागि प्रोत्साहन गरिने सरकारको लक्ष्य रहेको छ।

यस्तै लुम्बिनीमा पनि बच्चा जन्माउन चाहनेलाई सहजीकरण गरी प्रवर्द्धन गरिने अर्थमन्त्री पुनले बताए।