images
images

सीता दाहाल मेमोरियल कलेज स्थापना गरिने

काठमाडौं : सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी स्वर्गीय सीता दाहालको नाममा कलेज स्थापना गर्ने भएको छ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्। उनले काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ न्याचुरोपेथी एण्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माण गर्न रकम विनियोजन गरेको जानकारी गराए।

उनले नागरिक आरोग्य कार्यक्रमलाई समुदाय स्तरमा विस्तार गरिने घोषणा पन गरे। काठमाडौंको बूढानीलकण्ठमा रहेको राष्ट्रिय आयुर्वेद योग तथा पञ्चकर्म केन्द्रको भवन निर्माण गरी संचालनमा ल्याइने बताए। सिंहदरबार वैद्य खानाको पुनर्संरचना गरी क्षमता विस्तार गरिने घोषणा पनि सरकारले गरेको छ।