images
images

पर्यटन क्षेत्र र पर्यटन पूर्वाधार विकासका लागि कति छुट्याइयो बजेट ?

काठमाडौं । सरकारले पर्यटन पूर्वाधार विकासको लागि ५ अर्ब ४६ करोड विनियोजन गरेको छ ।

आज मंगलबार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपालमा विवाहका लागि आउने पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक गन्तव्यलाई विवाह गन्तव्यको रुपमा विकास गरिने बताए ।

जनकपुरलाई वेडिङ र लुम्बिीनीलाई बर्थिङ हबका रुपमा विकास गरिने कार्यक्रम बजेटमा समावेश गरिएको बताउँदै उनले मे २९ लाई सगरमाथा दिवसलाई विशेष रुपमा मनाइने बताएका छन् ।

भरतपुर विमानस्थलको स्तरोन्नति आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताए । त्यसका लागि ३६ करोड रुपैयाँ विनियोजन गरिने बताउनु भयो ।

 

अर्थमन्त्री पुनले नागरिक उड्यन पूर्वाधार बनाउन ३ अर्ब ७७ करोड विनियोजन गरेको बताए । आगामी आर्थिक वर्षमा नेपालमा १६ लाख पर्यटन भित्र्याउने गरी पर्यटन प्रवद्र्धन गरिने बताए ।

 

नयाँ गन्तव्यको पहिचान तथा मौजुदा गन्तव्यको विकास र प्रवर्द्धनका लागि पर्यटन प्रोफाइल तयार गरिने, पर्यटनलाई एकद्वार प्रणालीमा सेवा दिने प्रवर्द्धन मिलाइने बताए ।

 

पर्वतारोहण प्रणालीलाई स्वचालित प्रविधिमा आधारित बनाइने, छिमेकी मुलुक भारत तथा चीन र अन्य मुलुक प्रमुख शहरमा पर्यटकीय पर्यटक लक्षित रोड शो, मेला महोत्सव जस्ता पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने बताए ।

 

पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड विनियोजन गरेको मन्त्री पुनले बताए । पर्यटन क्षेत्रतर्फ ११ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए । सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने बताए ।