images

देउवा निवासमा पुगे नेपाल, यादव र ठाकुर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरूको बैठक सकिएको छ।

छलफलमा सत्तारूढ एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, नेता मेटमणि चौधरी, जनता समाजवादी पार्टी नेपाल अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिह भण्डारी सहभागी भएका थिए।

सभापति देउवाले निवास बूढानीलकण्ठमा बुधबार अपराह्न ५ बजे छलफलका लागि उनीहरूलाई बोलाएका थिए।

मधेस सरकारबाट एमाले र माओवादी केन्द्र बाहिरिँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका थिए । त्यहाँ नयाँ सरकार गठनको पहल चलिरहेको छ ।

संघमा पनि कांग्रेसले जसपा नेपाल तथा लोसपा लगायतका दललाई समेटेर विपक्षी दलहरूको बैठक राख्दै आएको छ । एकीकृत समाजवादी भने सत्ता गठबन्धनमै छ । यद्यपि, सत्ता गठबन्धनप्रति बेलाबेलामा अध्यक्ष नेपालको असन्तुष्टि सार्वजनिक हुने गरेको छ ।

मधेस सरकार जोगाउन यसअघि जसपा नेपालका अध्यक्ष उपेन्द्रले लोसपा अध्यक्ष ठाकुरसँग भेटवार्ता पनि गरेका थिए।