images

अकुत सम्पत्ति कमाएका विकल पौडेललाई थुनामा पठाउने आदेश

काठमाडौँ : विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई थुनामा पठाउने आदेश गरेको छ।

 

 

विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको आजको इजलासले पौडेललाई थुनामा पठाउने आदेश गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकलविरूद्ध गत जेठ ९ गते  विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनीविरुद्ध परेका ४ वटै मुद्दामा दोषी ठहर भएका छन्।