images

मन्त्रिपरिषद् बैठक जारी, सहसचिवको सरुवा हुन सक्ने

काठमाडौँ । मन्त्रिपरिषद् बैठक जारी छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसिरहेको हो ।

बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ ।

आजको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने जनाइएको छ । साथै आजको बैठकले केही सहसचिवको सरुवा हुन सक्ने बुझिएको छ ।