images

सामाजिक सुरक्षा कोषको कार्यालय उद्घाटन

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले  जनकपुरमा सामाजिक सुरक्षा कोषको कार्यालय उद्घाटन  गरेका छन् । कार्यालय उद्घाटन गर्दै उनले सामाजिक सुरक्षा कोषको सञ्जाल विस्तारले रोजगारदाता तथा योगदानकर्ता श्रमिकहरूलाई सेवाका लागि थप सहज हुने बताए ।

उनले सामाजिक सुरक्षा योजनाको महत्त्व स्पष्ट पार्दै यो कार्यालय स्थापना भएसँगै कोषको सेवाबारे बुझ्न र आबद्ध हुन सहज हुने विश्वास व्यक्त गरे । सामाजिक सुरक्षा कोषमा योगदान गरेको रकम कहाँ जान्छ रु योगदान गर्दा कस्तो कस्तो लाभ पाउन सकिन्छ रु भन्ने विषयमा मधेस प्रदेशका सेवाग्राहीलाई स्पष्ट जानकारी दिन कार्यालयका कर्मचारीलाई उनले आग्रह गरे ।

योजनामा ढुक्कसँग सहभागी हुन सेवाग्राहीलाई मन्त्री अर्यालले अनुरोध गरे । कोषका कार्यकारी निर्देशक कविराज अधिकारीका अनुसार यो कार्यालयबाट मधेस प्रदेशको धनुषा, सप्तरी, सिराहा र सर्लाही गरी चार जिल्लाका रोजगारदाता तथा श्रमिकहरूलाई सेवा लिन सहज हुनेछ ।  यी चार बाहेक अन्य जिल्लाका ‘रोजगारदाता तथा योगदानकर्ताले पनि यो कार्यालयबाट सेवा लिन सक्नुहुनेछ । चार जिल्ला सेवाग्राहीलाई सहज हुन्छ भन्ने हामीलाई लागेको हो,’ उनले भने ।