images

दाङको मालपोत र नापी कार्यालयमा तालाबन्दी, प्रहरीद्वारा अश्रुग्यास प्रहार

दाङ- स्वर्गद्वारी गुठी पीडित किसानहरूले दाङको घाेराहीमा रहेको मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गरेका छन्।

आफूहरूका माग सरकारले पूरा नगरेको भन्दै माेही पीडित किसानहरू तालाबन्दी कार्यक्रममा उत्रिएका हुन्। सरकारले पटकपटक आफूहरूसँग सम्झौता गरेपनि कार्यान्वयन नगरेकाकारण दवावस्वरूप तालाबन्दी गर्नु परेकाे गुठीपीडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चाैधरीले बताए।

तालाबन्दी भएका मालपोत र नापी दुवै कार्यालयलाई आन्दोलनकारीहरूले घेरेका छन्। प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। केही आन्दोलनकारी घाइतेसमेत भएका छन्।