images

‘नाट्टा’ को अध्यक्षमा दुई जनाको उम्मेदवारी

काठमाडौँ । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)को अध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन् । नाट्टाको यही जेठ २५ गते हुन लागेको ५७औँ वार्षिक साधारणसभा एवं निर्वाचनमा अध्यक्ष पदमा नाट्टाका वर्तमान वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल र महासचिव कुमारमणि थपलियाले उम्मेदवारी दिएका हुन् ।

दुई कार्यकाल टानको बोर्ड सदस्य भएर काम गरेका दाहाल कोलम्बस ट्राभल्सका सञ्चालकसमेत हुन् । ताप्लेजुङका दाहाल विगत तीन दशकदेखि ट्राभल, टुर र ट्रेकिङ पेशामा आबद्ध छन् । नाट्टाको कोषाध्यक्ष र महासचिव भइसकेका थपलिया विगत डेढ दशकदेखि टुर, ट्राभल र ट्रेकिङ व्यवसायमा आबद्ध हुँदै आएका छन् । चितवनका थपलिया प्रिसियस ट्राभल एण्ड टुर्सका सञ्चालकसमेत हुन् ।

वरिष्ठ उपाध्यक्षमा जिस्वा तुलाधर र उपाध्यक्षमा घनश्याम घिमिरे निर्विरोध निर्वाचित भइसकेका छन् । महासचिवमा भने युविका भण्डारी र अमृतकुमार ढकालको उम्मेदवारी परेको छ ।

यसैगरी सचिवमा विष्णु पाण्डे, कोषाध्यक्षमा सुरेश अमगाई र सहकोषाध्यक्षमा ढकनाथ काफ्ले निर्विरोध निर्वाचित भएको नाट्टाका निर्वाचन अधिकृत अरुण पौडेलले जानकारी दिए ।

सदस्यमा दिनेश मैनाली, सुदर्शन गजुरेल, श्रद्धा जोशी, रामशोभित राय, कृष्णप्रसाद ढकाल, विदुरप्रसाद खतिवडा, सुदर्शन पौड्याल, कृष्णप्रसाद ढकाल, विजय रिजाल र रमाकुमारी प्याकुरेलको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।