images

यौन दुर्व्यवहारको आरोपमा इन्स्पेक्टर पक्राउ

काठमाडौं । नेपाल प्रहरीका बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर बिदुर शिवाकोटीलाई बाल यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन्।

उनीमाथि एक जना १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा छ।

उनी हाल प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा छन् । शिवाकोटीमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिकाले विद्यालयहरुमा चलाइरहेको सचेतनामुलक अभियानको क्रममा ती बालिकाले आफूमाथि यौन दुर्व्यवहार र कुटपिट हुने गरेको आरोप लगाएकी छन्।