images

दक्षिणकालीमा महिला र पुरुषको शव फेला, मोटरसाइकल दुर्घटनाको आशंका

काठमाडौं : दक्षिणकाली नगरपालिका-८ दुईजनाको शव फेला परेको छ।

दक्षिणकालीस्थित केराबारी एक महिला र एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय फर्पिङकी हवल्दार श्रीमाया तामाङले जानकारी दिइन्।

उनीहरू धादिङ सिद्धलेक गाउँपालिका-५ भई भक्तपुर बस्ने रामचन्द्र खनाल र भक्तपुर बस्ने ३२ वर्षीया सविना राई भएको उनले जानकारी दिइन्।

घटनास्थल वरिपरि मोटरसाइकलका टुक्रा फेला परेकाले दुर्घटना भएको हुनसक्ने तामाङले बताइन्।

शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।