images

संसद भवनमा सुरक्षाकर्मीद्वारा गोली हानी आत्महत्या

काठमाडौँ-नयाँ बानेश्वरस्थित संघीय संसद भवनभित्र नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानेका छन्। उनले शौचालयमा गोली हानेको स्रोतले बताएको छ ।

दोलखा घर भएका जवान अजित गोलेले शौचालयमा गएर आफैलाई गोली हानेका हुन् । गोले संसद भवनको स्पेसल टास्क फोर्समा कार्यरत थिए ।

यसको पुष्टि संसद सचिवालयका प्रवक्ता एकराम गिरीले पनि गरेका छन्। नेपाल प्रहरीको हेडक्वाटरबाट खटाइएको स्पेशल टाक्स फोर्समा कार्यरत उनी २०७८ मा भर्ना भएका थिए।

२२ वर्षिय गोले संसद भवनको दुई नम्बर गेटमा ड्युटीमा थिए । उनले बिहान करिब ८ बजे ड्युटी मै रहेको बेला आफैले बोकेको हतियारले दुई नम्बर गेट नजिकै रहेको सौचालयमा गोली हानी आत्महत्या गरेका हुन् ।  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।