images

सांसद एकनाथ ढकालद्वारा गोरखाको घाटबेंसी र धादिंगको बुट्टार जोड्ने पुल तुरुन्त मर्मत गर्न सरकारको ध्यानाकर्षण

प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले गोरखाको घाटबेंसी र धादिंगको बुट्टार जोड्ने बुढीगण्डकी माथिको पुल तुरुन्त मर्मत गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै ढकालले गोरखा जिल्ला भिमसेनथापा गा.पा. वडा नम्बर ८ र धादिङ जिल्ला त्रिपुरासुन्दरी गा.पा. वडा नम्बर १ बुट्टार जोड्ने १९० मिटरको झोलुङ्गे पुल २०५१ सालमा बनेको र पुल बनाउदा देखि काठको फलेक हालेर बनाइको र त्यस पछि मर्मतको लागि कुनै बजेट नपरेको बताए । जिर्ण पुलको तस्बिर संसदमा देखाउदै पूर्व मन्त्रि समेत रहेका जिर्ण पुल वाट धादिंग – बुट्टारदेखि बालबालिकाहरु दिनहुँ जोखिमपूर्ण यात्रा गर्दै गोरखा – महादेवटार स्थित जागेश्वर माबिमा अध्ययन गर्न आउदाको पिडा मनन गर्न पनि सरकारको ध्यानाकर्षण गरे।

सांसद ढकालले दिनहुँ कृषकहरु समेत वारि र पारी गर्नु पर्ने उक्त पुल यदी केही दिन भित्र मर्मत नगर्ने हो भने कर्णालीमा खच्चडको जस्तै हालत यहाँ रोपाइको लागि लगिएको गोरुको समेत हुने बारे सरकारलाई सचेत गराए। सांसद ढकालले १२०० मेगावाटको जलाशययुक्त बुढीगण्डकी जलबिधुत आयोजको मुआब्जा वितरण लगाएतको काम सम्पन्न गरि जलबिधुत आयोजनाको निर्माण कार्य सुरुगर्न पनि सरकारको ध्यानाकर्षण गरेका छन्।