images

पोषराज पोखरेल एआईजी बढुवामा सिफारिस

काठमाडौँ- नेपाल प्रहरीका डीआईजी पोषराज पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ। सोमबार बिहान बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

उनी प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी रही काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत छन्।

एआईजी उमेशराज जोशी असार १९ बाट अवकाशमा जाँदैछन्। उनको स्थानमा पोखरेलाई बढुवा सिफारिस गरिएको बताइएको छ।