images
images

नर्मला पन्तको हत्याबारे गृहमन्त्री : नतिजाउन्मुख छौँ

काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्याबारेको अनुसन्धान नतिजाउन्मुख रहेको बताएका छन्।

सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले संसदमा राष्ट्रिय सभा सदस्य गोमा तिमल्सिनाले सोधेको प्रश्नको जवाफ दिने क्रममा निर्मला पन्तको हत्याबारे अनुसन्धान नतिजाउन्मुख रहेको दाबी गरेका हुन्।

उनले आफूले दुई दिनमा हत्यारा पत्ता लगाउने कुरा नगरेको तर प्राथमिकतामा राखेर अनुसन्धान गर्ने उल्लेख गरेको बताए। उनले अहिले पनि अनुसन्धान जारी रहेको बताए।

उनले भने, ‘गोमा तिमल्सिनाले निर्मला पन्तको हत्यारा दुई दिनमा पत्ता लगाउँछु भन्नुभएको थियो, भन्नुभयो। म गएको अघिल्लो कार्यकालको पहिलो दिनको निर्णय हो त्यो। यसको पत्ता लगाउने हो। दिन गनेर दुई दिनमा पत्ता लगाउँछु भनेको कुरा सुन्दा कतै गलत ढंगले आएजस्तो छ। दिन गनेर आएको होइन, प्राथमिकतामा राखिएको हो। त्यो प्राथमिकतामा नै छ। अनुसन्धानको यो विषयलाई मैले आफ्नो प्राथमिकता अघिल्लो कार्यकालको विषयलाई भुलेको छैन। नतिजा उन्मुख छौँ। यति जानकारी यहाँहरुलाई गराउन चाहन्छु।’