images

आर्थिक उन्नती र विकासको लागी विदेशी लगानी आवस्यकता : पर्यटनमन्त्री तामाङ

काठमाडौं, १३ असार -संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले नेपालले आर्थिक  उन्नती र विकासको लागी विदेशी लगानी भित्र्याउन उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ ।

काठमाडौंमा आयोजित चिन –नेपाल साँस्कृतिक तथा आर्थीक सहकार्य सम्मेलनमा बोल्दै मन्त्री तामाङले नेपालमा आकर्षक लगानीको सम्भावन रहेकोले ढुक्क सँग लगानी गर्न चीनीया व्यापारी व्यावसायीहरुलाई आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो, “उद्योग, व्यापार र लगानिको लागी नेपाल सुवर्ण भुमी नै हो । कतिपय क्षेत्रहरु त उर्भर नयाँ जग्गा जस्तै छ । यहाँ केहि नयाँ नौला उद्यम थाल्ने हो भने राम्रो सफलता प्राप्त गर्ने अगुवा बन्नुहुनेछ । त्यसैले ढुक्क भएर लगानी गर्नुहोस्, लगानी सुरक्षाको ग्यारेन्टि सरकारले गर्छ ।”

विकसित देशहरुको तुलनामा नेपालको अर्थतन्त्र, विकास र आकारको हिसाबले प्राराम्भिक अवस्थामा नै रहेको भन्दै मन्त्री तामाङले मुलुकको आर्थीक र औद्योगिक विकासको बाटो निकै लामो तय गर्नु पर्ने औल्याउनु भयो । नेपालको आर्थीक विकासको लागी उच्च ज्ञान र प्रविधीको खाचो रहेको पनि उहाँको भनाई थियो । नेपाल सरकारले आर्थिक उन्नती र विकासको लागी विदेशी लगानी भित्र्याउन उच्च प्राथमिकतामा रखेको जानकारी मन्त्री तामाङले भन्नुभयो, “नेपाल र चिन दुवै देशहरुको निजी क्षेत्रका व्यवसायीहरु बिचको सम्पर्क, सहकार्य र सहलगानी जस्ता कार्यहरुले नेपालको लागी आवश्यक ज्ञान, प्रविधी र वित्तिय व्यवस्थापन पाउछन भने चिनले उचित प्रतिफल पाँउछ ।”

विदेशी लगानीकर्ताका लागि नेपालको पर्यटन क्षेत्रमा पनि अपार सम्भावना रहेको भन्दै मन्त्री तामाङले मन्त्रालयले समेत सहजिकरण गर्ने प्रतिबद्धता जनाउनु भयो । नेपाल साँस्कृतिक रुपले सम्मुनत र प्राकृतिक किसिमले सुन्दर गन्तव्य रहनुका साथै विशिष्ट भौगोलिक अवस्थितिले गर्दा आकर्षक लगानीको सम्भावन रहेको उहाँको भनाई थियो । ‘पर्यटकका लागि प्रमुख आकर्षक गन्तब्य नेपाल विश्वमा नै विकसित दुई ठुला अर्थतन्त्र र जनसंख्याहरु भएका छिमेकी देशहरु चिन र भारतको दुई विशाल बजारहरुको बिचमा छ। यो अवसर नेपालको लागी मात्र होईन चिन र भारत लागी पनि हो।’ मन्त्री तामाङले भन्नुभयो, “अझ त्यसमा तपाईंहरु जस्ता व्यवसायी र लगानीकर्ताहरु लाई सुनौलो अवसर अर्थात हाम्रा दुबै पक्षका व्यवसायीहरुलाई विन विनको अवस्था सृजना हुन्छ ।”

नेपालको आर्थीक बृद्धि र सम्मुनतीको लागी प्रमुख तीन खम्बाहरु पहिचान गरेको भन्दै उहाँले कृषि, पर्यटन र जलविद्युत तीनै क्षेत्रलाई पनि सम्भावनामा राखेको बताउनु भयो ।

मन्त्री तामाङले दुई देशका सरकारी स्तरमा पनि चिन र नेपाल बिच सदा सुमधुर समबन्ध रहेको भन्दै नेपालले चीनबाट पाएको सहयोग र सदभावले नेपालको र पुर्वाधार विकासमा महत्वपुर्ण भूमिका खेलेको धारणा राख्नुभयो । गत मंगलबार काठमाडौंमा सम्पन्न नेपाल र चीनबिचको १६ औँ कुटनैतिक परामर्श संयन्त्रको बैठकमा चीनमा नेपाल भिजिट २०२५ वर्षभरी नै प्रवर्धनात्मक कार्यक्रमहरु गरेर मनाउने समझदारी भएको जानकारी दिदैँ मन्त्री तामाङले यसले लाखौं संख्यामा चिनिया पर्यटकहरुको आगमन हुने आशा व्यक्त गर्नुभयो । उक्त कार्यक्रमलाई सफल बनाउन सबै उद्योगि व्यावसायीहरुलाईस उहाँले आग्रह समेत गर्नुभयो ।

साथै उहाँले बौद्ध दर्शन र विश्व शान्तिको उदगम स्थलको महत्व आजको दिनमा अझ बढेको यथार्थ हामी सबैले महसुस गरेको भन्दै युनेसको विश्व सम्पदा लुम्बिनीलाई सँरक्षण र प्रवर्द्धन गर्ने कार्यमा विश्व नै मिलेर गर्नु पर्ने आवश्यक्ता पनि औल्याउनुभयो । लुम्बिनिमा चीन र नेपाल बिच राम्रो सहकार्य र सहयोग आदन प्रदान भैरहेको भन्दै उहाँले केहि वर्ष यता चिनिया तिर्थयात्री र पर्यटकहरुको लुम्बिनिमा वृद्धी भैरहेको पनि बताउनु भयो । साथै उहाँले नेपाल आएका चीनीया व्यावसायीलाई पनि लम्बिनी भ्रमण गर्न अनुरोध गर्नुभएको थियो ।

साथै मन्त्री तामाङले यस्ता सम्मेलनले दुवै छिमेकी मित्र देशहरु बिच साँस्कृतिक तथा आर्थीक सहकार्य आदान प्रदान गर्न महत्वपुर्ण भूमिका खेलनुका साथै आर्थीक विकासमा फाईदा पुग्ने धारणा समेत राख्नुभयो ।