images

लेन क्रस गर्ने सरकारी गाडीका चालकलाई कारबाही

ललितपुर – ललितपुर को सातदोबाटोस्थित चक्रपथ (रिङरोड)मा डिभाइडर नाघेर लेन क्रस गर्ने सरकारी गाडीका चालकलाई प्रहरीले कारबाही गरेको छ ।

जल उत्पन्न प्रकोप नियन्त्रण विभागको गाडीका चालक ‘लेन’ अनुशासनको कारबाहीमा परेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी जीवनकुमार श्रेष्ठले  जानकारी दिए ।

सरकारी गाडीले सडकमा लेन मिचेको भन्दै चालकमाथि कारबाहीका लागि सामाजिक सञ्जालमा दबाब बढेको थियो । लगत्तै, ट्राफिक प्रहरीले एक्सन लिएको हो ।   

भिडियो (सौजन्य : प्रवेश अधिकारीको फेसबूक वालबाट) :