images

पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन कांग्रेस सांसद पन्तको माग

काठमाडौँ – राष्ट्रिय सभामा नेपाली कांग्रेस सांसद कमलाा पन्तले पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन माग गरेकी छन्।

मंगलबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमा विभिन्न मन्त्रालयको शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले अर्थमन्त्रीले हिम्मत देखाएर भए पनि पाँच सय र हजारको नोट प्रतिबन्ध लगाउनुपर्ने बताइन्।

उनले पञ्चशीलको सिद्धान्तलाई लागू गर्न पनि माग गरिन्। उनले कहिले कुन देशसँग नजिकिने र कहिले कुन देशसँग नजिकिने परिपाटी अन्त्य गर्न आग्रह गरिन्।