images

सोह्रखुट्टे नयाँ बजारमा भासियो सडक :११ फिट गहिरो खाल्डो

काठमाडौं- सोह्रखुट्टेस्थित नयाँ बजारमा सडक भासिएको छ। बुधबार बिहान ५ बजे सडक भासिएकाे हाे।

आज (बुधबार) बिहान काठमाडौ महानगरपालिका १६ नयाँबजारको कुमारी टोलको गेट अगाडि सडकमा झण्डै ११ फिट गहिरो खाल्डो परेको हो । आज बिहान करिब ६ बजे काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा पठाओ चालक विकास शाक्यको बा ५० प ३८२ नम्बरको मोटरसाइकल समेत खसेको थियो ।। उक्त मोटरसाइकललाई काठमाडौं महानगरपालिकाका नगर प्रहरी र बारुण यन्त्र कार्यालय न्युरोडका सहायक प्रहरी नायव निरीक्षक दिपेश अधिकारी लगायतको टोलीले क्रेनले तानेर बाहिर निकालेको थियो ।

सडक भासिकाे ठाउँबाट पानी आइरहेको छ। उक्त पानी प्रहरीले माेटरकाे प्रयाेग गरी निकालिरहेकाे छ।  केकति कारणले सडक भासिएकाे बारेमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ।

सडकमा क्षति पुगेसँगै सवारीसाधनहरू एकतर्फीरूपमा आलोपालो चलिरहेका छन्।