images

0% ब्याजदरमै पाउनुहोस् हुन्डाइको विद्युतीय कार कोना, मूल्य र विशेषता कस्तो छ ?

काठमाडौं । विद्युतीय सवारीको बजारमा छुट्टै पहिचान बनाउन सफल हुन्डाइको इलेक्ट्रिक कार ‘कोना’ अब 0% ब्याजदरमा सजिलै खरिद गर्न पाइने भएको छ ।

नेपालका लागि हुन्डाइ गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘जेरो इमिसेसन, जेरो इन्ट्रेस्ट’ योजना ग्राहकमाझ ल्याउँदै 0% ब्याजदर र ५०% डाउन पेमेन्टमा आफ्नो विद्युतीय गाडी ‘कोना’ खरिद गर्न सकिने बताएको हो ।

दिगोपन र पर्यावरणमैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाउन नयाँ योजना घोषणा गरिएको हुन्डाइका कार्यकारी निर्देशक निराकार श्रेष्ठले बताए । उनका अनुसार नयाँ योजना अन्तर्गत इच्छुक ग्राहकले 0% ब्याजदरमा पाँच वर्षका लागि ५०% डाउन पेमेन्ट गरी हुन्डाइको ‘कोना’ कार खरिद गर्न सक्नेछन् ।

आफ्नो उत्कृष्ट डिजाइन, पर्फमेन्स र विश्वसनीयताका साथ, हुन्डाइले प्रतिस्पर्धी विद्युतीय सवारीको बजारमा छुट्टै पहिचान बनाउन सफल हुन्डाइको ‘कोना’ दुई वटा भेरियन्टमा उपलब्ध छ । ‘कोना जीएल’को मूल्य ५९ लाख ९६ हजार र ‘कोना जीएलएस’ को मूल्य ६४ लाख ९६ हजार रूपैयाँ पर्ने कम्पनीले बताएको छ ।

‘हुन्डाइ कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टमयुक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री रहेको छ, जसका कारण यसमा हाइ इनर्जी डेन्सीटी रहन गई रेन्जसमेत बढ्ने छ । कोना इलेक्ट्रिकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने छ । हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे–टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्नेछ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

नेपालमा हुन्डाइका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री वितरण गर्दै आइरहेको छ । विद्युतीय गाडीलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको कम्पनीले बताएको छ । विभिन्न चरणमा आयोजना गरेको ‘हाइ भोल्टेज ब्याट्री चेकअप क्याम्प मा ५०० भन्दा बढी विद्युतीय सवारीसाधनमा परीक्षणको नतिजा अनुसार पाँच वर्षसम्म चलाइएका कोनाका ब्याट्रीको शक्ति (एसओसी) ९८ प्रतिशत भन्दा बढी पाइएको पनि विज्ञप्तिमा उल्लेख छ ।

 

विश्वव्यापीरूपमा निकै रुचाइएको कोना नेपाली बजारमा पनि धेरै रुचाइएको विद्युतीय गाडी हो । हुन्डाइ कोनाले नेपालमा विद्युतीय गाडीप्रतिको सोच, क्षमता, यसको उपयोगितालाई नयाँ परिभाषा मात्र दिएको छैन, यसले स्थापना गरेको विद्युतीय गाडीप्रतिको विश्वास, आफ्नो सर्वाधिक रि–सेल भ्यालुबाट दोस्रो बजारमा समेत आफ्नो पहिचान मजबुत बनाएको कम्पनीको भनाइ छ ।

 

‘विश्वसनीयताप्रतिको प्रतिबद्धता हुण्डाइको आधारशिला हो र कोना इलेक्ट्रिक एउटा उदहारण हो जसले यो कुरालाई परिभाषित गर्दछ । यिनै कारणहरूले हुन्डाई कोनाले नेपाली अटोबजारमा आफ्नो साखलाई अझै मजबुत बनाउनाका साथै स्वच्छ वातावरण र पर्यावरणमैत्री साधन खोज्ने ग्राहकहरूको पहिलो रोजाइ बन्न सफल रहेको’ विज्ञप्तिमा उल्लेख छ ।

 

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १६ वटा शोरुम तथा १९ वटा सर्भिस सेन्टरहरूमार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ । साथै ईभी चार्जिङ गर्नका लागि ४४ भन्दा बढी स्थानहरूमा चार्जिङ पोइन्ट स्थापना गरी सेवा दिँदै आएको छ ।