images

एआइजीमा प्रस्तावित पोखरेल आज राती १२ बजेबाट डिआइजीमै अवकाश हुदैँ

काठमाडौं- प्रहरी नायव महानिरीक्षक(डिआइजी) पोषराज पोखरेल शुक्रबार राति १२ बजेबाट अवकाशमा गएका छन्।

प्रहरी अतिरिक्तका महानिरीक्षक(एआइजी) बढुवाका लागि प्रस्ताव गरिएका पोखरेल बढुवाका लागि कुनै निर्णय नभएपछि डिआइजीमै अवकाश हुने भएका हुन्।

यही १० असारमा गृहमन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले पोखरेललाई एआइजी बढुवाका लागि सिफारिस गरेको थियो।

समितिको सिफारिस अनुसार उनी दुई दिनका लागि एआइजी हुने थिए। नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यसबारेमा निर्णय हुन नसक्दा उनको बढुवाबारे कुनै निर्णय हुन नसकेको हो।

बढुवा भएको भए उनले यही असार १९ र २० गते दुई दिनका लागि एआइजी भई अवकाश लिनेथिए।