images

पहिरोले सिस्नेरी-दक्षिणकाली सडकखण्ड अवरुद्ध

काठमाडौं-अविरल बर्षाका कारण पहिरो जाँदा हेटौंडा–काठमाडौं रुटको वैकल्पिक मार्ग सिस्नेरी दक्षिणकाली सडकखण्ड अवरुद्ध भएको छ ।

शुक्रबार रातिबाट परेको वर्षाको कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका- २ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ।

बाटो खुलाउन डिभिजन सडक कार्यालय हेटौंडा र इन्द्रसरोवर गाउँपालिकासँग समन्वय भइरहेको प्रहरीले बताएको छ । प्रहरीले हेटौंडा सिस्नेरी हुँदै काठमाडौँ जाने बाटो अवरुद्ध भएकाले अन्य बैकल्पिक बाटो प्रयोग गर्न सर्वसाधारणलाई अपिल गरेको छ ।