images

सिन्धुपाल्चोकमा ढलान भत्किँदा पुरिएका दुईजनाको शव फेला

काठमाडौं- सिन्धुपाल्चोकमा निर्माणाधीन जलविद्युत आयोजनाको ढलानमा खसेर बेपत्ता भएको दुईजनाको शव फेला परेको छ।

बर्दियाको बर्दिया नगरपालिकाका रामजिन थारु र सुमन थारुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी निरञ्जन भट्टराईले जानकारी दिए।

भोटेकोशी गाउँपालिका-४ मा आयोजनाको डिसेन्डर कभर स्ल्याबमा खस्दा उनीहरू च्यापिएका थिए। शुक्रबार नै सातजनाको सकुशल उद्धार गएिको थियो।

कामदारले भने आयोजना प्रमुखको लापरबाहीले घटना भएको आरोप लगाएका छन्।