images

एमाले अध्यक्ष ओलीको सुरक्षार्थ खटिएका इन्स्पेक्टर थापाको मृत्यु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)को मृत्यु भएको छ।

भक्तपुरको गुन्डुस्थित आफ्नै निवासमा सुतिरहेकै ठाउँमा इन्स्पेक्टर उमेश थापा मृत अवस्थामा भेटिएको बताइएको छ ।

मृत्युको कारण खुल्न सकेको छैन । अहिले शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ ।