images

नक्कली लाइसेन्स बेच्ने १५ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ – सेवाग्राहीसँग पैसा लिएर नक्कली लाइसेन्स दिने व्यातायातका १५ जना कर्मचारीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) अनुसन्धानपछि पेश गरेको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मंगलबार मुद्दा दर्ता गरेको हो।

पुराना र नवीकरण नहुने लाइसेन्समा नयाँ व्यक्तिको नाम वैधानिक तरिकाले चढाएर यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन प्रमुख केशव पाण्डेसहित विरुद्ध मुद्दा दायर भएको हो।

लाइसेन्स वितरणको विद्युतीय प्रणाली सुरु हुनुभन्दा अघि ढड्डामा विवरण राखेर सवारीचालक अनुमति पत्र दिने गरिएको थियो। विद्युतीय प्रणाली आएपछि यातायातका कर्मचारीहरू समेतको मिलेमतोमा नक्कली लाइसेन्स विरण भएको अभियोगपत्रमा दाबी छ।

सेवाग्राहीसँग एक लाखसम्म लिएर नक्कली लाइसेन्स दिएको खुलेको छ।

सिआइवीले पक्राउ गरेकामा बुटवलमा कार्यालयका तत्कालीन प्रमुख अर्याल, अधिकृत सुवास पौडेल, राजेश लम्साल तथा कम्प्युटर अपरेटरहरु पदमराज आचार्य, दिलिपकुमार साह र केशव पौडेललाई सिआइबीले नियन्त्रणमा लिएको छ।

नक्कली लाइसेन्स वितरणमा संलग्न लक्ष्मण पाण्डे, रामकृष्ण श्रेष्ठ, विनोद भण्डारी, ज्ञानराज पाण्डे, नारायणप्रसाद पाण्डे, विवेक भण्डारी, विजय चौधरी, प्रविन भन्ने फानेश्वर सापकोटा र सन्दिप श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ।