images

आँबुखैरेनी–मुग्लिन सडक एकतर्फी सञ्चालन

दमौली (तनहुँ), २६ असार- पहिरोका कारण पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन भएको छ ।

आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरा नजिक आज दिउँसो खसेको पहिरोले उक्त खण्ड एकतर्फी सञ्चालन भएको हो । ऐनापहरास्थित सडकमाथिबाट डाँडा खसेपछि सडक एकतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो हटाएर दुईतर्फी सडक सञ्चालन गरिएको हो । म्याग्दे गाउँपालिका–६ स्थित मौरीओडार सडक पनि एकतर्फी रूपमा सञ्चालन भएको छ ।

नदीले बगाएका फेला परेनन् तनहुँको व्यास नगरपालिका–१ स्थित छाब्दी खोला दोभानमा खोलाले बगाएका काठदाउरा खोज्न गएका ५५ वर्षीय तालबहादुर थापा बेपत्ता भएका छन् ।