काठमाडौँ – श्रम रोजगार तथा सामाजिक सूरक्षामन्त्री शरतसिंह भण्डारीले महोत्तरी जिल्लाको श्रीराम माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत छात्रालाई एक कार्यक्रमबीच मटिहानीमा साइकल वितरण गरेका छन् ।
मटिहानी नगरपालिकाको सहयोगमा कक्षा ११ मा अध्ययनरत छात्रालाई उच्च शिक्षामा पहुँच बढाउन साइकल वितरण गरिएको कुरा पालिकाले जनाएको छ ।
उक्त विद्यालयको कक्षा ११ मा अध्ययनरत ६२ जना छात्रालाई सो साइकल वितरण गरिएको कुरा प्राध्यानाध्यपक श्रीशकुमार मिश्राले जानकारी दिए ।
मटिहानी नगरपालिका वड़ा नं ८ का वड़ाध्यक्ष रितेश साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डल, बैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्री, शिक्षा शाखा प्रमुख चन्देश्वर साह, उक्त बिद्यालयका प्राध्यानाध्यपक श्रीशकुमार मिश्रा, साईकल पाएकी छात्रा हिना खातुनलगायतकाले शिक्षाको महत्व बारे प्रकाश पारेका थिए ।
बिद्यालयमा कक्षा ११ मा मटिहानी समरदही, बहुरवा, सुगा, पर्सा पतैली, सिरसिया, धिरापुर र धनुषा जिल्लाका तुल्सियाही मुखियापट्टी, मुसरनियालगायतका क्षेत्र छात्र-छात्राहरु अध्ययनरत रहेका छन ।