images
images

रवि लामिछानेलाई वीरगञ्ज ल्याइयो

वीरगञ्ज (पर्सा) । सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि पर्सामा ल्याइएको छ ।

वीरगञ्जको सानो पाइला सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानका लागि आज लामिछानेलाई पोखराबाट हवाई उडानमार्फत पर्सामा ल्याइएको हो । प्रहरीले सभापति लामिछानेलाई आज पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिमरा विमानस्थलसम्म हवाई उडानमार्फत ल्याएको हो ।

उनलाई भोलि अदालतमा उपस्थित गराइने पर्साका प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए। सहकारीको रकम अपचलनमा बयानका छविलाल जोशी र रामबहादुर खनाललाई पनि पोखराबाट सोमबार बिहानै वीरगञ्ज ल्याइएको उनले बताए।

लामिछानेलाई सिमराबाट वीरगञ्ज ल्याउने क्रममा रास्वपाका कार्यकर्ताले नाराबाजी गर्दै विरोध जनाएका थिए।