काठमाडौं -प्रहरीले बिहीबार बूढानीलकण्ठमा बरामद गरेको २१ किलो सुनमा चिनियाँ नागरिकको समूहको संलग्नता फेला परेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा यसमा तीन जना चिनियाँ नागरिकको संलग्नता खुलेको हो ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार एक जना नेपाली नागरिकसँग मिलेर उनीहरुले बूढानीलकण्ठमा तस्करीको सुन भण्डारण गरेर राखेका पाइएको छ ।
सुन ल्याएर भण्डारण गरेर राखिएको विषयमा गृहमन्त्री सुधन गुरुङसँग समेत सूचना पुगेको थियो । हालसम्मको अनुसन्धानमा तीन जना चिनियाँ नागरिकको संलग्न खुलेकाे छ । नेपाली नगारिकको हकमा अझै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालमा बरामद हुने अधिकांश सुन भारततर्फ तस्करी हुने गरेको छ । नेपाली नागरिक भरिया र व्यवस्थापकका रुपमा प्रयोग हुने गरेको छ ।








