images
images

दुबईमा थुप्रिएर मात्रै जलवायु परिवर्तनको असर कम हुँदैन : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले दुबईमा थुप्रिएर मात्रै जलवायु परिवर्तनको असर कम नहुने बताइन् ।  काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताइन् ।

उनले कोप २८ मा थुप्रिएर र मन्त्रीहरूसँग भेट्दैमा क्लाइमेट चेन्जको असर कम नहुने बताइन् । उनले जलवायु परिवर्तनको असर कम गर्नको लागि आफ्नै भान्सा र आफ्नै दिनचर्यालाई परिवर्तन गरेर अघि बढ्न आवश्यक भएको बताइन् ।

युवाहरूलाई उद्यमी हुनका लागि सरकारले सहज वातावरण बनाइदिनुपर्ने बताउँदै उनले उपसभामुख रानाले हरेक कुरामा पारदर्शिता हुन जरुरी रहेको बताइन् ।