images
images

पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा प्रवेश

काठमाडौँ – पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा प्रवेश गरेका छन्।

रास्वपाको आज बिहीबार बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक मार्फत् शाह पार्टी प्रवेश गरेका हुन्।

शाहले रास्वपामा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी पाएका छन्। उनलाई रास्वपा सभापति रवि लामिछानेले पार्टीको लोगो लगाइदिँदै पार्टीमा स्वागत गरेका हुन्।